काठमाडौं, असार ९
आज नेपालमा २ हजार ४२१७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार गएको २४ घण्टामा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । उहाँले यसअघि विभिन्न समयमा कोरोनाका कारण मृत्यु भएको तर तथ्यांकमा नदेखिएको थप २९ जना रहेको पनि बताउनुभयो ।
सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४९५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५११ र एन्टीजेनमा ९१० जनालाई पोजेटिभ देखिएको छ । अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८ हजार ८९४ जनाको मृत्यु भएको छ ।
अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकमा आज ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ४६, भक्तपुरमा ५७ र ललितपुरमा ९४ गरी ४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्