जनता टाइम्स

१० असार २०७८, बिहीबार १३:००

जागिरको लोभ देखाएर सन्तोषी सुब्बामाथि बलात्कार प्रयाश, प्रतिकार गर्दा हत्या



काठमाडौं, असार १० । विभिन्न पशुपंक्षीको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सन्तोषीको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी– १४ घर भई हाल दक्षिणकाली नगरपािलका –७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको हो ।

यूटुवमा भाइरल बनेकी सुब्बाको गत मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका –७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सुब्बाको बलात्कार प्रयासपछि हत्या गरिएको खुल्न आएको छ । घटनास्थलको प्रकृति हेर्दा बलात्कार गरिएको देखिएपछि प्रहरीले आफ्नो अनुसन्धानलाई त्यतै मोडेको थियो । उनको बलात्कारको प्रतिकार गर्दा हत्या गरेको पक्राउ परेका अभियुक्तले स्वीकार गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक चौतारा घर भइ दक्षिणकाली बस्दै आएकी सन्तोषीलाई असार ६ गते तिमल्सिनाले बलत्कार प्रयास गरेका थिए । अनुसन्धानको क्रममा सन्तोषीले सुरेशसँग खान र बस्न समस्या भएको बताएपछि सुरेशले आफू काम गर्ने बसमा मिलाइदिने भनेर घटनास्थलतर्फ लगेका थिए । त्यहाँ लगेर जबरजस्ति गर्ने क्रममा सन्तोषीले प्रतिकार गरेपछि सुरेशले घाँटी थिचेर मृतककै सलले बेरी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि पछि तिमिल्सिनाले अनुहारमा ढुंगाले प्रहार गरेको पनि प्रहरीको भनाइ छ । हत्या गरी भागेका सुरेशलाई प्रहरीले कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो । मृतक सुब्बाको मोवाइलबाट अनुसन्धान अघि बढाएको प्रहरीले सोही आधारमा अभियुक्तसम्म पुगेको हो ।