जनता टाइम्स

१० असार २०७८, बिहीबार १७:१२

आज नेपालमा २४७४ संक्रमित, २५१८ निको


काठमाडौं, असार १०

आज नेपालमा २,४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाबाट ७ हजार २३५ जनाको पीसीआर गर्दा १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टीजेन परीक्षण गर्दा ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५१८ जना संक्रमण मुक्त भएका छन । अहिलेसम्म नेपालमा ६ लाख ५९ हजार ३६५ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७० हजार ९५८ जना निको भएका छन् । त्यस्तै आज २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९१८ पुगेको छ ।

हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा, ७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । आज काठमाडौं उपत्यकामा ३३५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ जनालाई संक्रमण पुष्टि भएको हो । हाल देशभर ४९ हजार ५५५ जना सक्रिय संक्रमित छन् ।