जनता टाइम्स

१० असार २०७८, बिहीबार १९:२२

क्षणभरमै भाइरल शिल्पा सेट्टीको त्यो स्टाटस


काठमाडौं, असार १० । बलिउड अभिनेत्री शिल्पा शेट्टीले सामाजिक सञ्जालमा आफ्ना पति राज कुन्द्राको लागि सामाजिक सञ्जालमा राखेको पोष्ट क्षणभरमै भाइरल बनेको छ । बुवाको मुख हेर्ने दिनको अवसरमा सेट्टीले आईतबार पति राज कुन्द्राको लागि एक खास म्यासेज शेयर गर्नुभएको थियो ।

इन्ष्टाग्राममा शिल्पाले आफ्नो पति राज, छोरी समीशा र छोरा बियान राज स्विमिङ पुलमा नुहाउँदै गरेको फोटो पोष्ट गर्नुभएको हो ।
फोटो संगै लेखिएको छ, ‘प्रिय कुकी, दुनियाँको लागि तपाई सिर्फ एक पिता हो तर हाम्रो परिवारका लागि तपाई दुनिया हो । हाम्रो बच्चा बीयान राज तथा समीशा तपाईको जिन्दगीमा आउनका लागि काफि भाग्यशाली छन् ।’ हाम्रो जिन्दगीमा आउन र दुनियाँको सबैभन्दा राम्रो बुवा बनेकोमा धन्यबाद ।’ उहाँको यो पोष्ट निकै भाइरल बनेको छ ।