जनता टाइम्स

११ असार २०७८, शुक्रबार १५:१९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नृपेन्द्र महत


काठमाडौं, असार ११

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त हुनुभएको छ । तत्कालिन स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति शेरबहादुर तामाङले असार ३ गते उहाँलाई रजिष्ट्रार पदमा नियुक्त गर्नुभएको हो । उहाँको कार्यकाल ४ वर्षको रहने छ । रजिष्ट्रार नियुक्ति उपकुलपतिको सिफारिसमा सह–कुलपतिले गर्ने व्यवस्था छ ।