जनता टाइम्स

११ असार २०७८, शुक्रबार १८:५३

आज ५४५५ जना निको, थपिए २४७६ संक्रमित


काठमाडौं, असार ११

नेपालमा आज ५ हजार ४५५ निको भएका छन् भने २ हजार ४७६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५८६ पीसीआर र ४७६५ जनाको एन्टीजेन गरि जम्मा १४ हजार ३५१ परीक्षण भएको छ । जसमा पीसीआरमा १७२१ र एन्टीजेनमा ७५५ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६१ हजार ८४१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ७६ हजार ४१३ जना निको भएका छन् भने ८ हजार ९४५ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ। त्यस्तै आज काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जनालाई संक्रमण पुष्टि भएको हो।