जनता टाइम्स

१२ असार २०७८, शनिबार १९:२५

प्रचण्डको बोली : देउवा–माधव हिजो दलाल आज महान, केपी ओली हिजो महान आज खराव


काठमाडौं, असार १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड गाली र तारिफ दुवैमा अब्बल मानिनु हुन्छ । पार्टी नेतृत्वमा रहिरहन गर्ने षडयन्त्रमा त प्रचण्ड जति कसैले गर्न सक्दैन । त्यही भएर उहाँ महामन्त्री बनेपछि अहिलेसम्म पार्टीको नेतृत्व अर्काे ब्यक्तिलाई हस्तान्तरण गर्नुभएको छैन ।

लगभग ३४ बर्ष पार्टीको नेतृत्वमा एकछत्र राज गर्नुभएका प्रचण्ड यतिबेला भारतका लागि कम्फर्टेवल सरकार निर्माणको अभियानमा हुनुहुन्छ । कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको नेपाली भूभाग समेटिएको नक्सा प्रकाशन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभियान छेडनु भएका प्रचण्डको दोस्ती आजभोलि कांग्रेससँग बढेको छ । कांग्रेस, माओवादी र उपेन्द्र यादव नेतृत्वको जसपा मिलेर भारतका लागि कम्फर्टेवल सरकार निर्माण गर्न उहाँले एमालेबाट निश्काशित नेता माधवकुमार नेपाललाई पनि सामेल गराउनु भएको छ ।

तीन नेताको बारेमा प्रचण्डले पहिला र अहिले ब्यक्त गर्नुभएको धारणा सुन्दा उहाँ स्वयंको बिश्वास गर्न नसकिने निश्कर्ष जोकोहीले निकाल्छ । यही तथ्य पाठकलाई राख्न जनताटाइम्सले प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र एमालेबाट निलम्बित नेता माधव नेपालको बिषयमा प्रचण्डको ठीक बिपरित भनाई राखेको छ ।

प्रचण्डको बेलाबेलाको बोली–
माधवकुमार नेपालबारे

माधवकुमार नेपाल विष वृक्ष हुन् । (विगतमा उहाँलाई प्रधानमन्त्रीबाट हटाउन खोज्दाको बोली)
माधवकुमार नेपाल एमालेका एकमात्र महान नेता हुन । (हिजोआजको बोली )

शेरबहादुर देउवाबारे
शेरबहादुर देउवा इतिहासका सबैभन्दा कलंकीत नेता हुन । दक्षिणपन्थी यथास्थितिवादी र असक्षम नेता हुन् । (विगतमा प्रधानमन्त्रीबाट हटाउन लाग्दाको बोली )
शेरबहादुर देउवा वामपन्थी हुन । (हिजोआजको बोली)

केपी शर्मा ओलीबारे

एमाले अध्यक्ष केपी शर्मा ओली आँट भएका, भिजन भएका, लोकतन्त्र प्राप्ति र सिंगो राज्य व्यवस्था परिवर्तनका लागि १४ वर्ष जेल बसेका महान नेता हुन । (पार्टी एकताताकाको बोली)
२) केपी शर्मा ओली लोकतन्त्रविरोधी दक्षिणपन्थी नेता हुन । (हिजोआजको बोली)