जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार ०९:११

धनुषाधाम नपा कार्यालयमा बम विस्फोट


जनकपुरधाम, ३० जेठ । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
धनुषाधाम ३ स्थित रहेको नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो ।विस्फोटबाट नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको वाल भत्केको छ ।

बुधबार राति साढे नौ बजेतिर विस्फोट भएको प्रेसर कुकुर बम शक्तिशाली देखिएको छ । नगरपालिकाको कार्यालयमा विस्फोटक पदार्थ कसले राखेको थियो भन्ने बारे खुल्न नसकेको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरण कुमार यादवले जानकारी दिनुभयो । विस्फोटबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो।