जनता टाइम्स

१४ असार २०७८, सोमबार १७:२४

आज २४४४ जनामा संक्रमण, काठमाडौं उपत्यकामा थपिए ५१४


काठमाडौं, असार १४

नेपालमा आन २ हजार ४४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८५३ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६६४८ पीसीआर र ४९९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ ।

जसमा १५०९ पीसीआर ९३५ जनालाई एन्टीजेनमा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६ लाख ६८ हजार २२१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसमध्ध्ये ५ लाख ८८ हजार १८७ जनाले कोरोना जितेका छन् भने ९ हजार ५१ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा आज ५१४ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३५५, भक्तपुरमा ११२ र ललितपुरमा ४७ गरी ५१४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार देशभर हाल ३७ हजार ९५० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।