जनता टाइम्स

१४ असार २०७८, सोमबार १७:३७

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला


काठमाडौं, असार १४

शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बाँस्तोला नियुक्त हुनुभएको छ । मन्त्रिस्तरीय निर्णयअनुसार बाँस्तोलालाई निर्देशकमा नियुक्त गरिएको हो । हालका निर्देशक डा. सागर राजभण्डारीले भोलीदेखी सेवाबाट अवकाश पाउदै हुनुहुन्छ ।

सरुवा रोग अस्पतालकै प्रमुख कन्सल्टेन्ट डा. बाँस्तोला ११ औं तहको हुनुहुन्छ । उहाँले नेपालमा कोरोना भाइरस देखिएदेखि नै फ्रन्टलाइनमा रहेर संक्रमितको उपचार गर्दै आउनुभएको छ । डा बास्तोलाकै नेतृत्वमा अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार हुँदै आएको छ ।