जनता टाइम्स

१४ असार २०७८, सोमबार १८:०७

उत्तर कोरियाली नेता किम जङ अचानक दुब्लाएपछि नागरिकहरु चिन्तामा


काठमाडौं, असार १४

अचानक रुपमा उत्तर कोरियाली नेता किम जङ दुब्लाएपछि त्यहाँका नागरिकहरु चिन्तामा परेका छन् । पछिल्लो समय सार्वजनिक भएको भिडिओमा किम दुब्लाएको देखिएपछि त्यहाँका नागरिक उहाँमा स्वास्थ्य समस्या भएको आशंका गर्दै चिन्तामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

३७ वर्षका किम एक महिना सार्वजनिक समारोहमा अनुपस्थित हुनुहुन्थ्यो । करिव एक महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदा उहाँको शरीरमा अचानक बदलाव देखिएएपछि नागरिकहरु चिन्तामा परेका हुन् । उता उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केआरटीका अनुसार उत्तर कोरियाका नागरिकहरु किमको दुब्लोपनपछि स्वास्थ्य चिन्तामा परेका हुन् ।

केआरटीले किम कसरी दुब्लाए भनेर खुलाएको छैन । किम मोटोपनका कारण बिरामी पर्दै आएका थिए । गत वर्ष त किमको हृदयघातका कारण निधन नै भएको हल्ला चलेको थियो । यसबीचमा किमले स्वस्थ रहन वजन घटाएको पनि चर्चा चलेको छ । एजेन्सी