जनता टाइम्स

१४ असार २०७८, सोमबार १८:४८

पोष्ट कोभिडको यस्ता लक्षण बढ्दै गए तुरुन्त लिनुपर्छ सल्लाह


काठमाडौं, असार १४

कोरोना भाइरस संक्रमणमुक्त भएको केही समयपछि विभिन्न लक्षणसहित पुनः कोभिड हुने समस्या देखिँदै आएको छ । केही व्यक्तिहरुमा संक्रमणमुक्त भइसकेपछि पनि शरिरमा विभिन्न लक्षणहरु लामो समयसम्म रहिरहन्छ । पोष्ट कोभिडका लक्षणहरु १२ हप्तासम्म पनि देखिने गरेको पाइएको छ । कोरोना संक्रमणबाट निको भए पनि स्वास्थ्यको भने उत्तिकै ध्यान दिन जरुरी छ भने जनस्वास्थ्यका सम्पूर्ण मापदण्डको पालना गर्नुपर्छ ।

यस्ता लक्षणहरु बढ्दै गए तुरुन्त चिकित्सकको सल्लाह

  • म्युकोरमाइकोसिस (कोलो ढुसी) को लक्षणहरु देखिने
  • बालबालिकामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम देखिने
  • धेरै नै थकाइ लाग्ने र थोरै कमजोरी महसुस हुने
  • सास फेर्न गाह्रो हुने
  • निद्रा नलाग्ने, झर्को लाग्ने जस्ता डिप्रेशन र तनावका लक्षणहरु देखा पर्ने
  • एकाएक रक्तचाप बढ्ने वा घट्ने