काठमाडौं, असार १४
कोरोना संक्रमित भई निको भइसकेका व्यक्तिहरुमा पोष्ट कोभिडको समस्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आउँदो आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने तयारी गरेको हो।
कोरोनापछि विभिन्न स्वास्थ्य समस्याहरु देखिएको भन्दै उनीहरुको लागि पोस्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने तयारी भएको अस्पतालका सूचना अधिकारी राम बिक्रम अधिकारीले बताउनुभयो । ‘कोभिडका बिरामीको लागि छुट्टै ओपिडी सञ्चालन गर्छौं,’ उहाँले भन्नुभयो,‘कसैलाई मानसिक समस्या, कोहीलाई अन्य विभिन्न समस्याहरु देखिरहेका छन्। उनीहरुको सहजताका लागि पोष्ट कोभिड केयर ओपिडी सञ्चालन गर्दैछौं।’ रेस्पिरेटरी डिपार्टमेन्ट अन्तर्गत उक्त ओपिडी सञ्चालन गरिने पनि अस्पतालले जनाएको छ ।
पोष्ट केयर कोभिड ओपिडीमा बिरामीको अवस्था र समस्या अनुसार उपचार गरिनेछ । अधिकारीले थप्नुभयो, ‘बिरामीको आवश्यकता अनुसार विभिन्न परीक्षण गरिन्छ र अन्य समस्या देखिए उपचार गर्ने हुन्छ। ओपिडीमा काउन्सिलिङदेखि सबै उपचार हुन्छ ।’ संक्रमित निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्था पोस्ट कोभिड कम्प्लिेशन हो ।













प्रतिक्रिया दिनुहोस्