काठमाडौं, असार १५
नर्सिङ क्याम्पस महाराजगञ्ज (आइओएम) को क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति कार्यालयको सिफारिसमा असार १४ गते देखि लागू हुने गरी शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । साथै उहाँ नर्सिङ परिषद्का अध्यक्षसमेत भइसक्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्