जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार १२:०६

नेपाली कांग्रेसको नयाँ दावी – देशभर कांग्रेसप्रति आकर्षण बढ्यो


काठमाडौं ।

नेपाली कांग्रेसले देशव्यापी रुपमा सन्चालन गरिएको पहिलो चरणको जागरण अभियानले कांग्रेसप्रति जनताको आकर्षण बढेको दावी गरेको छ । प्रतिनिधि सभामा नमिठो हार ब्यहोरेको कांग्रेसले पार्टी कार्यलयमा पत्रकार सम्मेलन गरी सो दावी गरेको हो ।

कांग्रेसले देशभरबाट साढे ३१ हजार व्यक्ति पार्टी प्रवेश गरेको पनि दावी गरेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएका छन् । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।’ पहिलो चरणको महिना दिनमा २ हजारभन्दा बढी कार्यक्रम सम्पन्न भएको पनि कांग्रेसले जनाएको छ ।

कांग्रेसको दोस्रो चरणको अभियान आगामी भदौ २४ गते सुरु भई असोज ७ सम्म चल्नेछ। त्यसअघि नै नेपाल विद्यार्थी संघलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइने जनाइएको छ। दोस्रो चरणअघि नै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षण कार्यक्रम गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।