काठमाडौं, असार १७
अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्तित्व मानिन्छ । रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिमा ८८ वर्षको उमेरमा डोनाल्ड रम्सफेल्डको निधन भएको पुष्टि गरिएको छ ।
उहाँ सन् १९७० को शुरुमै राष्ट्रपति गेरार्ड फोर्डको प्रशासनका समयमा रक्षामन्त्रीको रुपमा सेवा गर्नुभएको थियो । उहाँ सन् २००० को शुरुमा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा पनि रक्षामन्त्री बन्नुभएको थियो ।
उहाँ रक्षामन्त्री रहँदा दुईवटा द्वन्द्व सन् २००१ मा अमेरिकी भूमिमा इस्लामिक स्टेटले गरेको आतंकवादी आक्रमणपश्चात अफगानिस्तानमा सैन्य कारबाही र सन् २००३ मा इराक युद्धमा सहभागीको सामना गरिएको थियो । पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले एक विज्ञप्ति जारी गरी रम्सफेल्डका कार्यहरुको प्रशंसा गर्दै उदाहरणीय निजामती प्रशासक र एक निकै नै असल व्यक्ति रहेको बताउनुभएको छ । एजेन्सी, सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्