काठमाडौं, असार १८
नेपालमा आज ३ हजार ४५१ जना संक्रमित निको भएका छन् भने २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ५६६ जनाको पीसीआर र ४ हजार ३० जनाको एन्टिजेन विधिबाट गरी जम्मा १० हजार ५९६ को कोरोना परीक्षण भएको थियो ।
संक्रमितमध्ये पीसीआर विधिबाट १ हजार ३९१ र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी गत २४ घण्टामा नेपालमा ३४ जना संक्रमितको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने संक्रमणबाट ज्याज गुमाउनेको संख्या ९ हजार १७९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा अहिलेसम्म ६ लाख ३ हजार ६ सय जना संक्रमित निको भइसकेका छन् । हाल देशभर २९ हजार २७४ जना सक्रिय संक्रमित रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्