काठमाडौं, असार १९ । एमाले नेता महेश बस्नेतले मुलुकको सासकीय स्वरुप, संघीयता र धर्मनिरपेक्षतासम्म बहशको माग गर्दै केन्द्रीय कमिटीमा आठ प्रस्ताव राख्नुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले आज बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो लिखित प्रस्ताव राख्नुभएको हो ।
प्रस्तावमा बस्नेतले संघीयताको बारेमा समिक्षा, मुलुकको बिशिष्ट पहिचान घोषणा, धर्म निरपेक्षताको बारेमा बहसको प्रस्ताव गर्नुभएको छ । यसैगरी शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाउन र दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था गर्न प्रस्ताव गर्नुभएको छ ।
यस्तो छ महेशको आठ प्रस्ताव
१. संघीयताको बारेमा समिक्षा गरौं ।
२. मुलुकको बिशिष्ट पहिचान घोषणा गरौं ।
३. धर्म निरपेक्षताको बारेमा बहस गरौं ।
४. शासकीय स्वरुप प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ ।
५. दुई कार्याकाल भन्दा बढी प्रधानमन्त्री नबनाउने संबैधानिक ब्यबस्था कायम गरौं ।
६. पार्टी अध्यक्ष २ कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने ब्यब्स्था गरौं ।
७. पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गरौं ।
८. पार्टी महाधिवेशनको राजनैतिक प्रतिबेदन र बिधान अनि चुनावको घोषणा पत्रमा यो बिषय सम्बोधन गर्न यही बैठकबाट कार्यदल बनाएर जाऊँ ।
प्रतिक्रिया दिनुहोस्