जनता टाइम्स

२१ असार २०७८, सोमबार १६:१३

जयनेपाल पछि ३७ वर्ष इतिहास बोकेको कुमारी फिल्म हल सधैँको लागि बन्द


काठमाडौं, असार २१

३७ वर्षको इतिहास बोकेको कुमारी फिल्म हल अन्ततः सँधैको लागि बन्द भएको छ । क्यूएफएक्सले सिनेमा घर नै बेचिदिएपछि अब पुनः फिल्म प्रदर्शन नहुने निश्चित भएको हो । शनिबारदेखि नै कुमारी फिल्म हलभित्रका सबै सामानहरु हटाउन सुरु गरिएको छ ।

उक्त हललाई अब अन्य प्रयोजनका लागि उपयोग गरिने भन्दै पुनः फिल्म प्रदर्शनको प्रयोजनका लागि भने संचालनमा नआउने क्यूएफएक्स प्रमुख नकिम उद्दिनले बताउनुभयो । कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । यसअघि नै जयनेपाल दोस्रो लकडाउनसुरु हुनुअगावै सँधैका लागि बन्द भएको थियो ।