काठमाडौं, असार २१
नेपालमा आज २ हजार २११ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५२७ को कोरोना परीक्षण गर्दा २ हजार ६२२ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ४९९ को पिसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ८७७ मा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृतकको संख्या ९ हजार २४८ पुगेको छ । देशभर हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको मन्त्रालयले जनाएको छ । अहिले मुलुकभर २५ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् भने ३१७ जना क्वारेन्टिनमा रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्