काठमाडौं, असार २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताउनु भएको छ । सप्तरीको राजविराजस्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
‘हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो । यसलाई हामीले मनमुटावको विषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । संबोधनको क्रममा प्रधानमन्त्री ओलीले सरकारले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्याएको जानकारी पनि दिनुभयो ।
‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरूमा सिञ्चाइको प्रबन्ध हामीले गर्यौं,’ उहाँले भन्नुभयो, ‘हामी विकास गर्न सक्छौँ । विकासका कामलाई अगाडि बढाउन सक्छौँ ।’ प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम छिट्टै सुरु हुने जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्