जनता टाइम्स

२२ असार २०७८, मंगलवार १७:४७

आज १५६५ निको, २६३४ जनालाई कोरोना पुष्टि, १५ ले गुमाए ज्यान


काठमाडौं, असार २२

नेपालमा आज एक हजार ५६५ संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १२ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । देशभर निको हुने दर ९४ दशमलब ४ प्रतिशत रहेको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ५८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो। यो संख्या भनेको परीक्षण गरिएकामध्ये संक्रमणको दर २०.९ प्रतिशत हो ।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ जना पिसिआर परीक्षण गर्दा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टीजेन परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो।

आज १५ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ९ हजार २६३ जना संक्रमितको मृत्यु भइसकेको छ । आज थपिएको तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ८७ हजार १९५ पुगेको छ । आज काठमाडौं उपत्यकामा ४९९ जनालाई कोरोना पुष्टि भएको छ । काठमाडौंमा ३६५, भक्तपुरमा २९ र ललितपुरमा १०५ जनालाई संक्रमण पुष्टि भएको छ । हाल देशभर २५ हजार ८२८ सक्रिय संक्रमित रहेका छन् ।