जनता टाइम्स

२३ असार २०७८, बुधबार १७:१०

फेरि बढ्यो संक्रमण, आज २९७९ जनालाई कोरोना पुष्टि, २८ संक्रमितको मृत्यु


काठमाडौं, असार २३

नेपालमा आज थप २ हजार ९८९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ७ हजार ८३५ पीसीआर र ४०६३ जनाको एन्टीजेन परीक्षण गर्दा २९७९ जनामा पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३९ हजार जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ ।

९ जिल्लामा भने अझै ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले सुनाउनुभयो । उहाँका अनुसार आजको संक्रमित संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

जसमध्ये ६ लाख ११ हजार ३२७ हजार जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् । त्यस्तै आज काठमाडौं उपत्यकामा ५४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९०, भक्तपुरमा ६७ र ललितपुरमा ८६ जनालाई संक्रमण पुष्टि भएको छ ।