जनता टाइम्स

२४ असार २०७८, बिहीबार १४:०६

आजै साँझ ७ बजे फेरि बस्नेगरी सकियो एमाले कार्यदल बैठक: दुवै पक्ष आन्तरिक छलफलमा



काठमाडौं, २४ असार । एमाले कार्यदलबीचको वार्ता साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । करिब १ घण्टा छलफल गरेर नेताहरू पुन: बैठक बस्नेगरि बाहिरनुभएको हो ।
छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा हुनुहुन्छ। माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा गर्नुभएको छ ।