जनता टाइम्स

३० जेष्ठ २०७६, बिहीबार २१:२५

क्यावात प्रधानमन्त्रीज्यू ! फ्रान्सबाटै ठाडो आदेशमा फिर्ता भयो यातायातको भाडा बृद्धि


काठमाडौं ।

प्रधानमन्त्री कार्यालयको ठाडो आदेशमा यातायात व्यवस्था विभागले सार्वजनिक गरेको यातायात भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पराशर्मपछि कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनपछि विभागले मुल्यवृद्धि फिर्ता लिएको हो ।

विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी दिनुभयो । आजै दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा १२ देखी २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो । सरकारसँग विना परामर्श विभागले एकलौटी रुपमा जनतालाई मार पर्ने गरी भाडावृद्धि गरेको थियो । यातायात व्यवसायीहरुले पनि सरकारलाई भाडा बढाउन पटक पटक निर्देशन दिदै आएका थिए ।