काठमाडौं, असार २४
आज देशभर थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर र ५१३० जनाको एन्टीजेन गरी १० हजार ५०४ जनाको परीक्षण गर्दा १८७५ जनामा पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार २८६ जना संक्रमित कोरोनामुक्त भएका हुन् भने २९ संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९२ हजार ८४९ पुगेको छ । जसमध्ये ६ लाख १५ हजार ६१३ हजार जना निको भएका छन् भने ९ हजार ३२० जनाको मृत्यु भएको छ ।
त्यस्तै आज काठमाडौं उपत्यकामा ४२७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २८७, भक्तपुरमा ५८ र ललितपुरमा ८२ जनालाई संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४७७ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्