काठमाडौं, असार २४
इपीएस मार्फत दक्षिण कोरिया जाने कामदारहरु १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । कोरिया पुगेको दिनदेखि १४ दिन क्वारेन्टिन बस्नुपर्ने र त्यसको लागि ५ हजार डलर बराबरको कोभिड–१९ बीमा गराउनुपर्ने भएकाले बीमाका लागि सूचिकृत हुन बीमा कम्पनीहरुलाई वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले आव्हान गरेको छ । बीमा प्रिमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक कम्पनीहरुलाई सूचिकृत हुन इपीएस शाखाले सूचना जारी गरेको हो ।














प्रतिक्रिया दिनुहोस्