जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १३:२८

श्रीलंकाका ब्याटिङ प्रशिक्षक फ्लावरलाई कोरोना संक्रमण


काठमाडौं, असार २५

श्रीलंका क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । श्रीलंका क्रिकेटले ब्याटिङ प्रशिक्षक फ्लावरलाई कोरोना संक्रमण भएको जनाएको छ । इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावरलाई कोरोना पोजेटिभ देखिएको हो ।

इंग्ल्यान्ड भ्रमणबाट फर्किएका टोलीका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ देखिएको श्रीलंका क्रिकेटले जनाएको छ ।

कोरोना संक्रमण देखिएपछि फ्लावर सेल्फ आईसोलेसनमा बस्नुभएको छ । श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्दैछ । तीन खेलको एकदिवसीय सिरिज मंगलबार सुरु हुनेछ । यस्तै तीन खेलको टी–ट्वान्टी सिरिज जुलाई २१ मा सुरु हुनेछ । एजेन्सी