जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १७:००

आज २२३९ लाई कोरोना पुष्टि, २० जनाको मृत्यु


काठमाडौं, असार २५

आज देशभर थप २ हजार २३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर र ४६५६ जनाको एन्टीजेन गरी ११ हजार ३१३ जनाको परीक्षण गर्दा २२३९ जनामा पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३१६ हजार जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ ।

जसमध्ये ६ लाख ६१ हजार ९२९ हजार जना निको भएका छन् भने ९ हजार ३४० जनाको मृत्यु भएको छ । नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ । अहिले सक्रिय संक्रमित २६ हजार ५९० जना रहेका छन् । आज काठमाडौं उपत्यकामा ३८० जनालाई कोरोना पोजेटिभ देखिएको छ । काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ जनालाई संक्रमण पुष्टि भएको हो ।