जनता टाइम्स

२६ असार २०७८, शनिबार १६:१२

अभियन्ताका नाममा माफियाराज चलाउने ज्वाला समुहको यसरी भयो भण्डाफोर


काठमाडौं, असार २६ । अपराधकर्ममा लागेपछि कुनै न कुनै दिन कानूनी दायरामा पुगिन्छ भन्ने कुरा सामाजिक अभियन्ताको नाममा माफियाराज चलाउने ज्वाला संग्रौला समुहलाई पक्कै थाह थियो । तर उनीहरुले सामाजिक अभियन्ता बनेर धन कमाउने र अराजकता मच्चाउने बाटो छाडन सकेनन ।

जापानमा बसेर सामाजिक सञ्जालमा अपशब्दको बाढी बर्साउने ज्वालाले यही कामका लागि झण्डै २० ओटा भन्दा बढी फेसबुकमा फेक एकाउन्ट खोलिन र सुरु गरिन अराजकताको सिलसिला । यो सिलसिला अघि बढदै जाँदा आफैलाई शरण दिएर काठमाडौंमा पालेकी अभिभावक खुस्बु घिमिरेमाथि जाइलागिन । साहित्यकार कृष्ण धरावासीमार्फत २०५७ सालतिर ज्वालालाई खुस्बुले भेटनुभएको थियो । त्यसपछि आफूसँग राखेर जापान जाँदासम्म खुस्बुले पाल्नुभएको थियो ।

अत्यन्तै अराजक ज्वाला जापान पुगेपछि सामाजिक अभियन्ताको नाममा यति मात चढ्यो कि आफैलाई शरण दिने खुस्बुमाथि अराजक समुह बनाएर चरित्रहत्यामा उत्रिइन । यतिले मात्र पुगेन, अर्का अभियन्ता रबि लामिछानेले समाजसेवाको नाममा मच्चाएको चन्दा आतंक र कमाउ धन्दाबारे जनताटाइम्स डटकमले समाचार प्रकाशन गरेपछि खुस्बुले शेयर गर्दै सामाजिक अभियन्ताको कमाउ धन्दाबारे मुख खोल्नुभयो ।

हेर्नाेस खुस्बुको स्ट्याटस

दसैंमा नयाँ लुगा फेरे जत्तिकै स्वास्नी फेर्दै हिड्ने वरिष्ठ समाज सेवाको ठगी धन्दाको बरिस्ठ पाट्नर एउटि बाँदर मुखे जुम्री झल्लु जापानमा महिनाको ६/७ लाख कमाउने धन्दाले थोत्रिएपछि जापान सरकारले लखेटेर नेपाल झरेकी आइमाई लाई काखी च्यापेर वरिष्ठ सोझा साझा संग भिख मागेर ९० करोड टिभिको मालिक भयो । त्यस्को अघिपछि झिंगा धपाउने अन्दभक्त भेडाहरु वरिष्ठको पाद पनि बास्ना भनेर सुघ्दै पछि कुदिरहेका छन्। हिजोको मेरो स्टाटर्सले वरिष्ठलाई भगवान् मान्न्ने भेडाहरु रातभरि निदाउन सकेन छन । दलालहरुका धन्दा र भित्री कालो कर्तुत बाहिर निस्केपछि डरले निन्द्रा लागोस पनि कसरी अझै वरिष्ठलाई बचाउ गर्न मलाई धम्की दिन थालेका छन । दलालका भेडा जति कमेन्टमा भुके पनि यथार्थ बुझ्ने बौद्धिक मान्छे पनि सामाजिक संजालमा धेरै छन । म तिमीहरू जस्ता दलालहरु संग डराएर झुकेर कुना पस्ने खुश्बु परिन, एक एक गर्दै अभियानता दलालका कर्तुतहरु बाहिर निकाल्छु हेक्का रहोस ।

जनताटाइम्सको प्रमाणसहितको समाचारसहित युवा नेतृ खुस्बु घिमिरेको यो कुराले समाजसेवाको नाममा कमाउ धन्दा चलाउनेहरुमाथि बज्रपात नै भयो । ज्वालालाई मन परेन, र प्रहरी कार्यालयमै आक्रमण गरिन । रबि लामिछाने र आफ्नो कुकर्मबारे कसैले प्रश्न उठाए ज्यानै मार्नेसम्मको धम्की दिइन । तर खुस्बुले हिम्मतका साथ लडाई लडेर अहिले ज्वालालाई प्रहरी हिरासतमा पुर्याउनु भएको छ ।

केही समयदेखि सामाजिक सञ्जालमा उग्र टिप्पणी लेख्दै चर्चा बटुलेकी कथित सामाजिक सुधारक ज्वालाले सन्चालित फरकफरक नामका २० वटै अकाउन्ट तीन सातादेखि निष्क्रिय बनेका छन । घिमिरेलाई सामूहिक कुटाई र अभद्र व्यवहार गरेको आरोपमा असार ६ गतेदेखि प्रहरी हिरासतमा रहेकी ज्वालामाथि तीन वटा मुद्दा अघि बढाउन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौबाट अनुमति लिएको छ । पक्राउ परेपछि ज्वालाको किर्तै धन्दादेखि थुप्रै अपराध बाहिर आएको छ ।