काठमाडौं, असार २६ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरी धम्की दिएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको मस्यौदा रोकिएको हो ।
बैठककै बीचमा माधव भेटन निवासमा पुग्नुभएका सो समुहका कार्यदल सदस्यहरुले फर्केर आएपछि सहमतिको मस्यौदा रोकिएको हो । स्रोतका अनुसार नेता नेपालले आफू पक्षीय कार्यदलका सदस्यहरुलाई सर्वाेच्च अदालतले फैसला नगर्दासम्म सहमति नगर्न निर्देशन दिनुभएको र प्रचण्डको चाहना पनि त्यही रहेकोले समय लम्ब्याउन र सहमतिको मस्यौदा बाहिर नल्याउन निर्देशन दिएपछि आज सहमतिको मस्यौदा सार्वजनिक गर्ने योजना तुहिएको हो । माधव भेटेर फर्किएपछि कार्यदलका सदस्यहरुले माधवले केही दिन माग्नुभएको भन्दै सहमति आज होइन भोलिका लागि भन्दै समय सारिएको हो ।
बरिष्ठ नेता नेपालले सर्वाेच्चको फैसलाअगाडि समहति नगर्ने प्रतिवद्धता प्रचण्डसँग जनाउनु भएको सूचना आइरहेको बेला कार्यदलले समय सारेको हो । यो घटनासँगै माधवमाथि अव अदालतको फैसलाअघि सहमति नगर्ने र कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डसँग लिएको बैना पचाउने रणनीतिमा रहेको आरोप लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आउँदासम्म शेरबहादुर देउवालाई दिएको हस्ताक्षर कायमै राख्नेहरु एमाले हुनै नसक्ने सार्वजनिक घोषणा गरिसक्नु भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको सो घोषणा र अदालतको फैसलाअघि सहमति नगरी देउवा–प्रचण्डकै सेवा गर्ने माधवको अडानका कारण एमालेको एकताको सवै प्रयाश तुहिने पो हो कि भन्ने आम कार्यकर्तामा आशंका जन्माएको छ । यद्यपी कार्यदलले आज नसकेको काम भोलि गर्ने भन्दै सहमति बिथोल्न नसक्ने दावी गरेको छ । कार्यदल सदस्य गोकर्ण विष्टका अनुसार अब केही दिनमा सहमति हुनेछ । ‘हामी लगभग सहमतिको चरणमा पुगेका छौं । भोलि एउटा सार्थक सन्देश दिनछौँ,’ बैठकपछि विष्टले सञ्चारकर्मीसँग भन्नुभयो ।
यद्यपी उहाँको केही दिन भन्ने कुराले सर्वाेच्चको फैस्लापछिसम्म पुर्याउने माधवको भित्री योजनालाई देखाएको छ । पर्सि सोमवार सर्वाेच्च अदालतले माधव नेपालले शेरबहादुर देउवालाई बिक्रि गर्नुभएको हस्ताक्षरका कारण अदालतमा पुगेको रिटको फैसला हुँदैछ । बरिष्ठ नेता नेपालले आफूसहित एमालेका २३ जना सांसदको हस्ताक्षर देउवालाई नबेचेको भए प्रधानमन्त्रीमा अध्यक्ष ओली नै नियुक्त हुनुहुन्थ्यो ।
एमाले सचिवसमेत रहनुभएका कार्यदल सदस्य विष्टले भने छलफलका क्रममा गम्भीरताका साथ एकले अर्काको मनोबल बुझ्दै अगाडि बढेकोले समय लिएको जिकिर गर्नुभयो । ‘समस्यालाई सम्रगतामा नै समाधान खोज्ने प्रयास जारी राखेका छौँ,’ विष्टले भन्नुभयो, ‘भोलिको दिन आम पार्टी पङ्तिले अपेक्षा गरेको पार्टी एकता सन्देश दिनेछौँ । धेरै काम सकिएको छ । लगभग निस्कर्षमा पुगेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्