जनता टाइम्स

२८ असार २०७८, सोमबार १५:१५

फैसलाप्रति संबिधानसभा अध्यक्ष नेम्वाङको टिप्पणी : म स्तब्ध छु, कतिपय प्रसंग पत्याई नसक्नुका छन



काठमाडौं, असार २८ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च सर्वाेच्च अदालतको फैसलाबाट आफू स्तब्ध भएको बताउनु भएको छ । अदालतले राजनीतिक फैसला गरेको भन्दै तथा एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा अध्यक्ष नेम्वाङले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

‘अदालतको आजको फैसलाबाट म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो,’ नेम्वाङले जनताटाइम्ससँग भन्नुभयो, ‘यो फैसलाबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन ।’ उहाँले आफूले फैसला अध्ययन गरिरहेको भन्दै थप कुरा केही समयपछि सार्वजनिक गर्ने बताउनु भयो ।