काठमाडौँ, २९ असार । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिनुभएको छ ।
थापाले को जित्यो को हार्यो ? भन्दै एउटा देशको सेनापतिसँग असन्तुष्ट भएका २३ सेनानी विदेशी फौजसँग मिल्न गएको र सबैको सहयोग लिएर सेनपातिलाई पराजित गरेपछि सगौरव घर फर्केको विम्व प्रयोग गरेर लघुकथा लेख्नुभएको हो ।

थापाको लघुकथा यस्तो छ, ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्।ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए।अनि ‘पञ्च भलादमी’समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।
राप्रपा अध्यक्ष थापाले ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने धारणा निरन्तर व्यक्त गर्दै आइरहनुभएको छ । उहाँले सर्वोच्चमा सोमबार ‘गोरु व्याएको’ भन्दै व्यंग्य गर्नुभएकारेको थियो ।














प्रतिक्रिया दिनुहोस्