काठमाडौं, असार २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदा हुँदै सर्वोच्चको परामादेशबाट आफू हट्नु परेको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्रीका रुपमा अन्तिम संबोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता भने नरहेको बताउनु भयो ।
‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्