काठमाडौं, असार ३० । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सवै नेपालीलाई कोरोना खोप लगाउने मिति चार महिना पर धकेलिदिएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै बसेको देउवा नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तोकेको मिति भन्दा चार महिना परधकेल्ने निर्णय गरेको छ ।
देउवा सरकारले अघिल्लो सरकारले भन्दा चार महिना ढिलो मात्र कोरोना विरुद्धको खोप लगाइसक्ने भएको हो । ओली सरकारले नीति कार्यक्रममा नै सन् २०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको थियो । सोही योजना मुताविक धमाधम खोप नेपाल भित्रिरहेको छ । तर देउवाले प्रधानमन्त्री नियुक्त हुनासाथ अघिल्लो सरकारले लक्ष्य गरेको भन्दा चार महिना पछि अर्थात चैतमा मात्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । करिब चार महिना अघि देखि नै नेपालमा कोरोनाको खोप लगाउने क्रम जारी छ ।
यस बीचमा भारत, चीन, अमेरिकाबाट ठूलो मात्रामा खोप आइसकेको छ भने जापानले दुई दिन अघि मात्र खोप उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो अवस्थामा फेरी खोप कै निर्णय गरेको हो । देउवा सरकारको योनिर्णयलाई नेपाल सरकारकै सचिवहरुले मजाकको संज्ञा दिएका छन ।

‘करिब ४० लाख जनताले खोप लगाइसकेका छन् । अझ पनि खोप आउने क्रम जारी छ, यो कुनै नयाँ कार्यक्रम होइन । यो त शिलान्यास भएर निर्माण भइरहेको सडक मेरो पालामा निर्माण कार्य सक्छु भने जस्तै हो,’ एक सचिवले भने । ती सचिवका अनसार सरकारको भिजन भए पोष्ट कोभिड सम्बन्धी कुनै नयाँ कार्यक्रम घोषणा गर्न सक्थ्यो । तर भिजन नभएपछि चारमहिना पर खोपको मिति धकेल्ने काम पहिलो बैठकबाटै भएको छ ।













प्रतिक्रिया दिनुहोस्