जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार ०८:४६

दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट भत्कदा तीनजना मजदुरको मृत्यु


काठमाडौं, ३२ जेठ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कदा तीनजना मजदुरको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान निर्माणको क्रममा छैटौँ तलाको सट्रिङ्ग भत्किँदा भारतीय मजदुरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । जस मध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो । घटना शनिबार बिहान २ बजे भएको बुझिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।