काठमाडौं, साउन १ । ‘नेपालका बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवम् चलखेल हुन नपाओस् भन्ने कुरामा सजगताका साथ सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’ गएको जेठ २९ गते ५ पूर्व प्रधानमन्त्रीले संयुक्तरुपमा जारी गरेको प्रेस वक्तव्य हो यो ।

बजेट घाटा कम गर्न भन्दै सरकारले विभिन्न स्थानबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरी विदेश निर्यात गर्ने निर्णय गरेको भन्दै त्यस्तो निर्णयका विरुद्ध ५ जना पूर्व प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । देशमा विदेशी हस्तक्षेप बढेको भन्दै नेपालीबारेको निर्णय नेपालीले नै लिन सक्ने उनीहरूको आशय थियो ।
त्यति बेला संयुक्त वक्तव्य जारी गर्नेहरूमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो उहाँहरूमध्ये नै एक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला देशको प्रधानमन्त्री हुनुहुन्छ । तर त्यति बेला बाह्य शक्तिको हस्तक्षेप बढेको भन्दै वक्तव्यबाजी निकाल्ने काँग्रेस सभापति शेरबहादुर देउवा यतिबेला विदेशी कूटनीतिज्ञ भेटघाटमै ब्यस्त हुनुहुन्छ । यसअघि नेपालमा नयाँ प्रधानमन्त्री बन्ने बित्तिकै विदेशी राष्ट्रले बधाई दिँदै भ्रमणको निम्तो दिने गरेका थिए । तर यसपटक न कुनै छिमेकी वा अन्य देशबाट बधाई आएको छ, न त भ्रमणको निम्तो नै ।
बरु सहसचिव हैसियतका विदेशी कूटनीतिज्ञले प्रधानमन्त्रीकै घरमै पुगेर बधाई दिन थालेका छन् । नयाँ सरकार बनेसँगै विभिन्न देशका राजदूतहरूको दौडधूप सुरु भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै प्रधानमन्त्रीलाई बधाई र शुभकामना दिने र शिष्टाचार भेट गर्ने बाहानमा राजदूतहरूको घरदैलो र दौडधुप सुरु भएको हो । अरुलाई पाठ सिकाउन खोज्ने ब्यक्ति आज उनै विभिन्न देशका राजदुतसंगको भेटघाटमा रुमलिनुभएको छ । अरुलाई नैतिकताको पाठ सिकाउन खोज्नेले आफुले गरेको कार्य के भन्ने समेत प्रश्न उठेको छ ।













प्रतिक्रिया दिनुहोस्