जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १६:३७

भेरोसेल सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित


काठमाडौं, साउन १

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ । काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो। स्वास्थ्य कार्यालय काठमाडौंमा मौज्दात रहेको भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँले अर्को सूचना नभएसम्मका लागि भोली हुने भनेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

काठमाडौंमा ४४ वटा भन्दा बढी खोप केन्द्र तोकिएको छ। अहिले चलिरहेको खोप अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेरोसेलको पहिलो मात्रा लगाउन प्राथमिकतामा राखिएको छ।