जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १८:०६

आज थपिए १८०१ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै ३३४ जनामा पुष्टि


काठमाडौं, साउन ३

नेपालमा आज १८ सय १ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६२८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै सोही अवधिमा १६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

६६ सय २८ को पीसीआर र ३ हजार जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा १२ सय २३ जनालाई पीसीआर र ५७८ जनालाई एन्टीजेन परीक्षणमा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमित २५ हजार ४८५ जना छन् । अहिलेसम्म नेपालमा ७ लाख १६ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त हुनुका साथै ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ । आज काठमाडौं उपत्यकामा ३३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जनालाई पोजेटिभ देखिएको हो ।