जनता टाइम्स

४ श्रावण २०७८, सोमबार १८:३१

स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त


काठमाडौं, साउन ४

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त थियो । त्यसयता स्वास्थ्यमा प्रशासनतर्फका भने सात जना सचिव भइसकेका छन् । ०७६ पुस २१ गते स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त थियो ।