जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार ०८:५३

पहिलो टी-ट्वान्टी दक्षिण अफ्रीका विजयी


काठमाडौँ , साउन ५ । घरेलु टोली आयरल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ ।
डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो । यस जितसँगै तीन खेलको टी(ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले १(० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रीकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाएर आउट भए ।दक्षिण अफ्रीकाका ताब्रेज सामीले ४ विकेट लिए ।

लुंगी एनजिडी र जर्ज लिन्डेले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे । डेभिड मिलरले २८ रन जोड्दा रस्सी भान डेरले २५ रन बनाए । क्विन्टन डी कक २० रनमा आउट भए ।आयरल्याण्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २र२ विकेट लिए ।