जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १८:५७

नेपाल प्रहरीका सातै प्रदेश प्रमुखसहित १९ डिआइजीको सरुवा


काठमाडौं, जेठ ३२

सरकारले सातै प्रदेशका प्रमुखसहित १९ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले आज डिआइजीहरुको सरुवा गर्नुभएको हो ।

मन्त्रालयले प्रदेश १ ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश ५ मा सुरेशबिक्रम शाह, कर्णाली प्रदेशमा पुर्णचन्द्र जोशी र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको हो । प्रदेशमा डिआइजी नै प्रमुख हुने ब्यवस्था छ ।

यस्तै भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जिटी र महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारी र योजना अन्वेषण निर्देशनालयमा केदार रिजाललाई सरुवा गरिएको छ ।

यसैगरी सूर्य उपाध्याय एअरपोर्ट, महेश बिक्रम राष्ट्रिय सुरक्षा परिषद, दानसिंह बोहोरा राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजञ्ज, सुरज केसी सुरक्षा निर्देशनालय र महेन्द्र पोखरेल मानवस्रोत बिभाग सरुवा गरिएको छ ।