काठमाडौं, साउन ५
नेपालमा आज ३,१०८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ (८,८३६ पीसीआर र ४,२९९ एन्टीजेन) परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । आज थपिएको संक्रमित संख्या ४० दिन यताकै उच्च हो । आजको संक्रमण दर २३.६६ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ । १,५९५ जना निको भएका छन् ।
अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुभएको छ भने हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९,६०७ पुगेको छ । आज काठमाडौं उपत्यकामा ७१९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको हो ।













प्रतिक्रिया दिनुहोस्