भक्तपुर, साउन ५ । राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा संचालन गर्ने निर्णय गरेको छ । परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने छ ।
यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो । गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने जानकारी पनि अर्यालले दिनुभयो । ‘गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं, यसपाली एक सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ,’ अर्यालले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेर मात्रै परीक्षा संचालन गरिने जानकारी पनि उहाँले दिनुभयो । जेठमा तोकिएको कक्षा १२ को परीक्षा निषेधाज्ञाका कारण स्थगित गरिएको थियो । कक्षा १२ मा झण्डै ४ लाख परीक्षार्थी छन । (फाइल तस्वीर)













प्रतिक्रिया दिनुहोस्