काठमाडौं, जेठ ३२
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट स्वदेशतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली केही समय अघि जेनेभाबाट नेपाल स्वदेश फिर्ता हुनुभएको हो ।
प्रधानमन्त्री ओली आइतवार बिहान १०.२५ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जनटाटाइम्सलाई जानकारी दिनुभयो । गत जेठ २५ गते स्वीटजरल्याण्डको जेनेभातर्फ जानुभएको प्रधानमन्त्री ओलीले त्यहा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतबार्षिकी समारोहमा सम्बोधन गरी बेलायत र फ्रान्सको भ्रमण गर्नुभएको थियो ।
जेनेभाबाट बेलायत पुग्नुभएका प्रधानमन्त्री ओलीले त्यहा आफ्ना समकक्षी थेरेशा मे, राजकुमार ह्यारीसहित बिशिष्ट ब्यक्तिहरुसँग भेटबार्ता गर्नुभयो । भेटबार्ताको क्रममा पहिलो पटक बेलायत, नेपाल र भारतबीच भएको त्रीपक्षीय सम्झौतालाई पुनरावलोकन गरी द्धीपक्षीय बनाउनु पर्ने नेपालको अडान प्रष्टसँग राख्नुभयो भने गोर्खाहरुको समस्या समाधानका लागि बेलायत लचक हुनुपर्ने धारणा पनि प्रधानमन्त्री ओलीले राख्नुभयो ।
बेलायतबाट सार्वजनिक रेल चढेर फ्रान्स पुग्नुभएका प्रधानमन्त्री ओलीले आफ्ना सकमक्षीसँग भेटबार्ता गर्नुका साथै बेलायती लगानीकर्तालाई नेपालमा लगानीको सुनौलो अवसर रहेको तथ्य राख्नुभयो । फ्रान्सबाट जेनेभा फर्किएलगत्तै प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कनुभएको छ ।
उहाँ कतारको दोहारमा तीन घण्टा ट्राञ्जिटको समय बिताएर आइतवार बिहान १०.२५ बजे अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने प्रेस संयोजक अधिकारीले बताउनु भयो । ‘सम्माननीय प्रधानमन्त्री जेनेभाबाट स्वदेश फर्किसक्नुभएको छ, कतारको दोहाहुँदै आइतवार बिहान काठमाडौं आइपुग्नुहुनेछ,’ प्रेस संयोजक अधिकारीले जनटाटाइम्ससँग भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्