जनता टाइम्स

९ श्रावण २०७८, शनिबार १६:५६

बढ्यो संक्रमण : आज ३११४ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु


काठमाडौं, साउन ९

नेपालमा आज ३ हजार ११४ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १० हजार ६३५ पीसीआर र ४ हजार २८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ।

गत २४ घण्टामा २ हजार १९७ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ४१ हजार ५६५ पुगेको छ। उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६९५ पुगेको छ।

देशभर थपिएका संक्रमितमध्ये आज काठमाडौं उपत्यकामा ६१५ जना छन् । काठमाडौंमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनालाई पोजेटिभ देखिएको हो । अहिले सक्रिय संक्रमित २७ हजार ७५७ जना छन् जसमध्ये अहिले ६५० जना आइसियु र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।