जनता टाइम्स

१० श्रावण २०७८, आईतवार १७:१७

आज २२३७ जनामा कोरोना संक्रमण, २०५० निको


काठमाडौं, साउन १०

नेपालमा आज २२ सय ३७ जनालाई संक्रमण पुष्टि भएको छ भने २ हजार ५० जना निको भएका छन् । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यस्तै आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६२४ जना छन् । काठमाडौंमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

मन्त्रालयका अनुसार आज १० हजार ५६९ पीसीआर र ३२ सय ६५ एन्टीजेन गरि १३ हजार ८३४ जनाको कोरोना परीक्षण भएको छ । हाल देशभर सक्रिय संक्रमित २७ हजार २२८ जना छन् जसमध्ये अहिले ६६६ जना आइसियु र १६८ जना भेन्टिलेटरमा रहेका छन् ।