जनता टाइम्स

१० श्रावण २०७८, आईतवार २०:०१

ग्राण्डी अस्पतालका उत्कृष्ट चिकित्सक नै नक्कली, प्रहरीले फेला पार्यो यस्तो तथ्य


काठमाडौं, साउन १० । टोखास्थित नेपालकै चर्चित ग्राण्डी अस्पतालमा कर्यरत एक जना चिकित्सक पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले चिकित्सक विजयश्याम रंजितलाई पक्राउ गरेको हो ।

ब्यूरोले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को प्रमाणपत्र किर्ते गरी रञ्जितले चिकित्सा पेशा अपनाएको प्रमाणका आधारमा पक्राउ गरेको जनाएको छ । उनी ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय युवा हुन ।

आइतबार ललितपुर महानगरपालिका–२ का ३६ वर्षीय रंजितलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरज प्रताप सिंहले जानकारी दिनुभयो । डिआइजी सिंहका अनुसार नक्कली चिकित्सक रंजित काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ परेका हुन । रञ्जित ग्राण्डी अस्पतालमा कार्यरत छन । उनी केही समय अघि उत्कृष्ट कर्मचारीको रूपमा पुरस्कृतसमेत भएका थिए ।