जनता टाइम्स

१० श्रावण २०७८, आईतवार २२:५३

दीपकराज गिरीको व्यंग्य– काँग्रेसले स्वास्थ्यमन्त्रीमा खाइलाग्दो मान्छे छानेछ !


काठमाडौँ, साउन १० । काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि सामाजिक संजाल र मिडियामा नकारात्मक प्रतिक्रिया आएको छ ।

आइतबार देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए कलाकार दीपकराज गिरीले व्यंग्य गर्दै काँग्रेसले सहि ठाउमा सहि मान्छे लान्छ भन्थे स्वास्थ्य मन्त्री मोटोघाटो बनाएछ भन्दै व्यंग्य गर्नूभएको छ । सामाजिक संजालमा टिप्पणी गर्दै गिरीले कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भएकोमा अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको टिप्पणी गर्नुभएको छ ।

उहाँले भन्नु भएको छ, ‘कम्यूनिस्ट सरकारविरुद्ध लेखेर कॉग्रेस भइयो अब कॉग्रेसविरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आयो ! कॉग्रेसले सहि ठॉउमा सहि मान्छे लैजान्छ भन्थे सुन्या थिए हो रहेछ, स्वास्थ्यमन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छोड्यो…..’