जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १६:४२

कोरोना महामारी नियन्त्रणमा अमेरिका गलत दिशामा हिँडिरहेको छ : फाउची


काठमाडौं, साउन ११

खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका बेला अमेरिकाका प्रमुख स्वास्थ्य विज्ञ डा. एन्थोनी फाउचीले कोरोनाभाइरसका मामिलामा अमेरिका ूगलत दिशामा हिँडिरहेकोू बताउनुभएको छ। आइतवार सीएनएनसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार फाउचीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको बताउनुभयो । फाउचीले स्वास्थ्य अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिनका निम्ति खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्ने कुराबारे विचार गरिरहेको बताउनुभएको छ ।

उहाँले कमजोर व्यक्तिहरूलाई प्रतिरक्षा बढाउनेखाले खोप दिने कुरा पनि समीक्षाका क्रममा रहेको बताउनुभयो । खोप नलगाएकाहरूका बीचमा अमेरिकामा कोरोनाभाइरस ूएउटा महामारी बनेकोू उहाँको भनाइ छ । अमेरिकामा हालसम्म त्यहाँको जनसङ्ख्याको ४९ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको आधिकारिक विवरणमा देखिन्छ। त्यहाँ गत एप्रिलदेखि खोप लगाउने दरमा कमी देखिएको छ। बीबीसी